
नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक शेयर शुक्रबारुदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।
बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८९ हजार ५६३ कित्ता शेयर असार १८ गते शुक्रबारदेखि लिलामी बिक्रीमा ल्याएको हो ।
उक्त लिलामी शेयरमा लघुवित्तको विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसअघि ७५० तोकेर लिलामी ल्याएको बैंकले न्यून अर्थात १ हजार ९० कित्ता शेयर मात्र बिक्री भएपछि मूल्य घटाएको हो ।
खरीदका लागि न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा असार २९ गते मंगलबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्तादेखि लिलामीमा ल्याइएको अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सकिनेछ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिकनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया