नेशनल हाईड्रोपावर कम्पनी (NHPC) ले असार ३१ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असार १७ गते सम्पन्न बैठकले उक्त मितिमा सभा बोलाउने निर्णय गरेको हो ।
असार ३१ गते, कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यमबाट बिहान ११ बजे २४ औं वार्षिक साधारण सभा आह्वान गरिएको छ ।
कम्पनीले यसअघि चैत २७ गते साधारण सभा बोलाएकोमा गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरिएको थियो ।
सभामा नेशनल हाइड्रोपावर कम्पनीसँग अन्य कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।
त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा छन् ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १३ गतेदेखि चैत २७ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेको छ । यसअनुसार चैत १२ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया