नागरिक लगानी कोषको लिलामीमा राखिएको संस्थापक शेयर कतिमा भयो बिक्री ?

0
Shares

नागरिक लगानी कोषले असार ११ गतेदेखि असार १८ गतेसम्म लिलामी मार्फत बिक्रीमा राखेको १ लाख कित्ता संस्थापक शेयरको शिलबन्दी बोलपत्र खुला भएको छ ।

बिक्रीमा ल्याइएको १ लाख कित्तामध्ये दश प्रतिशत शेयर मा बिक्री भएको छ । 

उक्त शेयरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीमा एउटा मात्र आवेदन परेको थियो । उक्त आवेदनबाट १० हजार कित्ता शेयरका लागि न्यूनतम मूल्य १ हजार २०१ रुपैयाँका दरमा  बोलपत्र पेश भएको हो ।

उक्त शेयर खरिदका लागि  बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कम्पनीले मात्र आवेदन दिन पाउने व्यवस्था थियो ।

कम्पनीले प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आफ्नो स्वामित्वमा रहेको नागरिक एक लाख कित्ता शेयर न्यूनतम मूल्य प्रतिशेयर १ हजार २०० रुपैयाँ तोकेर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।