
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सोमबार सम्पन्न विशेष सधारण सभाले नेपाल एग्रो लघुवित्तलाई ९८ रुपैयाँमा प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
२०७७ माघ २६ गते दुबै संस्थाको तर्फबाट एक्विजिशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएकोमा सोमबार दुबै कम्पनीको विशेष साधारण सभाबाट सो सम्झौतालाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) बाट कायम हुन आएको १०० बराबर ९८ अर्थात (१ः०.९८) शेयर अनुपातमा एक आपमा गाभ्ने गाभिने सम्झौतालाई विशेष साधारण सभाबाट अनुमोदन भएको हो ।
नेपाल राष्ट्र बैंकले जेठ ११ गते नवलपुरको गैडाकोटमा केन्द्रीय कार्यालय इन्फिनिटी लघुवित्तलाई कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१८ विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडलाई प्राप्ति गर्नको लागि दुबै संस्थाका सञ्चालक समितिबाट प्रारम्भिक सम्झौतालाई सैद्धान्तिक सहमति दिएको थियो ।
नवलपुरको गैंडाकोटस्थित इन्फिनिटी भने २९ जिल्लाभन्दा बढी कार्यक्षेत्र भएको लघुवित्त हो भने नेपाल एग्रो १० जिल्ला कार्यक्षेत्र भएको लघुवित्त हो।
यससँगै अब केन्द्रीय बैंकबाट अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारको मिति तय हुनेछ । एक्विजिसनपछि बन्ने संस्थाको नाम इन्फिनिटी नै हुनेछ भने सीईओ तथा सञ्चालक समिति पनि इन्फिनिटीबाट नै रहनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया