जगदम्बा उद्योगबाट रङ्गीन जस्तापाता उत्पादन शुरु, सात अर्ब लागतमा उद्योग स्थापना

0
Shares

बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले सात अर्ब लागतमा जस्तापाता उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ । उद्योगले रङ्गीन जस्तापाता र सादा जस्तापाता उत्पादन शुरु गरेको जनाइएको छ ।

सिमरामा फलामे छड (डण्डी) उत्पादन गर्दै आएको सो उद्योगले आजदेखि जस्तापाता उत्पादन र बिक्री शुरु गरेको हो ।

शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट जगदम्बा (सुपर साइन) रङ्गीन जस्तापाता तथा जगदम्बा (ग्याल्भप्लस) सादा जस्तापाता उत्पादन शुरु गरेको समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।

उद्योगको डिजाइन र मेसिन जडानलगायत प्राविधिक कार्य कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्रले गरेको बताइएको छ । नेपालको पहिलो पूर्ण स्वाचालित गाल्भ्ल्युमलाइन प्रविधिबाट ठुलो मात्रामा उत्पादन हुने रङ्गीन जस्तापाता र सादा जस्तापाता अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत, भरपर्दो तथा टिकाउ रहेको उद्योगको जिकिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।