‘राष्ट्र बैंकले समय भन्दा विषयवस्तुलाई बुझ्न जरुरी छ, मैले मौद्रिक नीति रोकेको होइन’: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको बताएका छन् । बिहीबार आर्थिक पत्रकार संघ (नाफिज) सँगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पारे।

उनले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारेमा नपरुन्, पुनरकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने अवस्था नआहोस् भन्नेमा आग्रह गरिएको भने बताए ।

मन्त्रालयमा माग धेरै आए पनि हिजोको र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन मात्र गभर्नरलाई आग्रह गरिएको बताए ।

उनले गभर्नरलाई जनतालाई अफ्ठयारो पर्ने गरी काम नगर्न आग्रह गरेको बताए । नीतिको कारणले आर्थिक क्रियाकलापमा असहज हुन, जनतालाई अफ्ठयारो पर्ने आर्थिक गतिविधिमा बाधा नपर्ने प्रकारका मौद्रिक नीति ल्याउन सुझाव दिएको प्रष्ट पारे । उनले आफ्नो कर्तव्य मात्र पूरा गरेको बताए ।

‘नयाँ सरकार गठन भएको छ, आर्थिक अध्यायदेश संसदमा टेबल भएको छ, यसलाई टुङ्याउन बाँकी रहेको पनि बुझ्न आवश्यक रहेको छ। समयलाई भन्दा पनि विषयवस्तुलाई राष्ट्र बैंकले बुझ्न आश्यक छ।’ मन्त्री शर्माले भने ।

उनले आफु भर्खरै अर्थमन्त्रालय आएको बताउँदै अब कसरी जाने भन्ने सन्दर्भमा सरोकारवालासँग छलफलको क्रममा रहेको बताए ।

विभिन्न  चरणमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी व्यवसायीहरुसँगको अन्तरक्रिया गरेको पनि उनले जानकारी दिए । नयाँ अवस्थामा नयाँ ढाँचा कै बजेट र मौद्रिक नीति आवश्यक रहेकोमा मन्त्री शर्माले जोड दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।