आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) को खुद नाफा १८.६८ प्रतिशतले घटेको छ ।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आवको यसै अवधिमा कम्पनीको नाफा २८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
लघुवित्त कम्पनीलाई थोक कर्जा उपलब्ध गराउने यस कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ३७ करोड रुपैयाँ सापटी लिएर ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको नाफा पनि घटेको हो । उक्त अवधिसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी १२.२४ प्रतिशत घटेर ४० करोड ३९ लाख रुपैयाँ मा खुम्चिएको छ ।
चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी बढेर २२.४९ रुपैयाँ छ ।
लघुवित्तको जगेडा कोषको आकार १४.९६ प्रतिशत बढेर १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६९.०३ रुपैयाँ छ । २०७८ असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.०५ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया