महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को वार्षिक प्रतिशेयर आम्दानी ४३.७८ रुपैयाँ पुगेको छ । कम्पनीको खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार भएको हो।
चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रहेको लघुवित्तले वार्षिक प्रतिशेयर आम्दानी ३०.३० रुपैयाँले वृद्धि गरेको हो । अघिल्लो आवमा कम्पनीको इपिएस १३.४९ रुपैयाँ थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ३५५.१६ प्रतिशत बढेर ९ करोड ८० लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो नाफा २ करोड १५ लाख थियो ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड निक्षेप संकलन तथा १ अर्ब ५५ करोड रुपैयाँ सापटी गरी ३ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको निक्षेप १८.५७ प्रतिशत, सापटी ४३.०३ प्रतिशत, र कर्जा लगानी ३८.१६ प्रतिशत बढेको छ ।
यसैगरी अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३४.४८ प्रतिशत र सञ्चालन नाफा २९२.९४ प्रतिशत बढेको छ । २०७८ असारसम्म कम्पनीले २३ करोड ७८ लाख खुद ब्याज आम्दानी र १३ करोड ७० लाख सञ्चालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ६१.५२ प्रतिशत बढेर २४ करोड ८० लाख पुगेको छ । लघुवित्तको खराब कर्जा अनुपात २.०९ प्रतिशत, प्रतिशेयर नेटवर्थ २१६.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.७९ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया