एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा सामूहिक लगानी कोष योजनाको लाभांश घोषणा गरिएको छ । साउन १५ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा गरेको हो ।
एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापक रहेका तीववटै फण्डहरुले आव २०७७।७८ बाट इकाईधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् ।
हालै मात्र बिक्रीमा आएको एनआईसी एशिया सेलेक्ट थ्रटीले भने लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
जसअनुसार दुई बन्दमुखी प्रकृतिका एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले समान ३० प्रतिशत (कर सहित) र खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले १० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यससँगै एनआईसी एशिया ग्रोथ फण्डले हालसम्म इकाईधनीलाई पहिलो वर्ष १०, दोस्रो वर्ष २२ र तेस्रो वर्ष ३० गरी कुल ५२ प्रतिशत, एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महिनामा नै ८ प्रतिशत र दोस्रो वर्ष ३० गरी कुल ३० प्रतिशतलाभांश वितरण गरेको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले पनि पहलिो वर्षमा नै १० प्रतिशत लाभांश वितरण गरेको छ ।

असार मसान्तसम्ममा एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) १८.७५ रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डको १७.३० रुपैयाँ र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११.२६ रुपैयाँ रहेको छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा सञ्चालित एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत ४ वटा सामुहिक लगानी कोष योजना सञ्चालन गरेको छ । जसको कोष प्रवद्र्धक रहेको एनआईसी एशिया बैंक रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया