.png)
सुनको भाउ आइतबार तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्दा चाँदीको भाउ स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको भाउ प्रतितोला १ हजार २८५ रुपैयाँ कायम गरिएको संघले जानकारी दिएको छ । शुक्रबार पनि चाँदी यहि मूल्यमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया