नयाँ सारथी लघुवित्तद्धारा साढे १० करोड नाफा आर्जन

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NNLB) ले गत आर्थिक वर्ष २०७७/७८ मा १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको यसै अवधिमा २ करोड ८८ लाख नाफा कमाएको यस कम्पनीले २६७ प्रतिशत नाफा बढाएको हो ।

चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ८२ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ५७ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ९६ लाख २३ हजार रहेको छ ।

समीक्षा अवधिमा ५७ करोड ९० लाख सम्भावित कर्जा नोक्सानी व्यवस्था गरेको कम्पनी ३८ करोड ९६ लाख सञ्चालन नोक्सानीमा पुगेपनि ५६ करोड ६० लाख खराब कर्जा असुली गर्दा कम्पनी नाफामा पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८९.४४ प्रतिशत, जगेडा कोषको आकार २६४.७८ प्रतिशत, निक्षेप १२७.३० प्रतिशत, निक्षेप कर्जा लगानी १६३.३३ प्रतिशत र खुद ब्याज आम्दानी २१०.९१ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्ममा चुक्ता पूँजी २५ करोड ४९ लाख ५४ हजार रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४१.५१ रुपैयाँ छ । अघिल्लो आवको तुलनामा २०.०८ रुपैयाँले बढेको हो । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.९३ गुणा छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.६६ ले बढेर ३.८० प्रतिशत पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।