सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँड, १ लाख ११ हजार आवेदन रद्द

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) शनिबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरबारमार्गस्थित कार्यालयमा बिहान ११ः०० बजेदेखि आईपीओ बाँडफाँड हुने भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको कुल ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेकोे थियो । उल्लेखित आवेदकहरुले ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयर माग भएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशका २०७४ बमोजिम कम्पनीको आइपीओ ५ लाख ५४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

क्यापिटलका अनुसार उक्त आवेदनमध्ये एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ । विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको हो । भने दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको हो । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेका छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।