सगरमाथा इन्स्योरेन्सको नाफा साढे १८ प्रतिशतले बढ्यो

0
Shares

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा १८.५८ प्रतिशतले बढाएको छ ।

कम्पनीले यस अवधिमा ४५ करोड १५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३८ करोड ८ लाख १८ हजार रुपैयाँ रहेको खुद नाफा कमाएकोे थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संंकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम २५.१६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले ९८ करोड ७१ लख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट २१ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले यस्तो शिर्षकबाट १२ करोड ७६ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले १५ लाख ९ हजार ५१३ वटा बीमालेख जारी गरी दुई अर्ब ६१ करोड ६१ लख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले १० हजार ६९ वटा बीमा दाबी वापत एक अर्ब ३३ करोड २३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले ९ हजार ६५१ वटा बीमा दाबी वापत एक अर्ब ७७ करोड २५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा रहेको छ । ४८ करोड ५ लाख रुपैयाँ जगेडा कोष भएको कम्पनीको प्रति शेयर नेटवर्थ २४६.२६ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।