प्रि-ओपनिङमा नेप्से ८ अंक घट्यो, ६८ कम्पनीको मूल्यमा गिरावट

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ सेसनमा ६८ कम्पनीको शेयर मूल्य घट्दा नेप्सेमा ८ अंक बढीको गिरावट देखिएको छ ।

कुल १४४ कम्पनीको शेयर कारोबार भएकोमा ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढेको छ । ३४ कम्पनीको स्थिर रहेको छ ।

प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ८.२६ अंकले घटेर ३१७०.६५ अंकमा ओर्लिएको छ ।

यस दौरानमा १४४ कम्पनीका २ लाख ३ हजार ९१६ कित्ता शेयर १७ करोड ७८ लाख ३१ हजार २५२ रुपैयाँमा किनबेच भएका छन् ।

आजको प्रि-ओपनिङ सेसनमा शेयर मूल्यमा आएको उतार चढाव यस्तो छ:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।