ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब माथि, वितरण योग्य २ अर्ब ७६ करोड

0
Shares

ग्लोबल आइएमइ बैंक (GBIME) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा ४१.८७ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आवमा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको हो। अघिल्लो आवको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ। बैंकको वितरण योग्य नाफा ५९ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढेको छ। २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेको २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको बैंकले ९ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको निक्षेप साढे २६ प्रतिशतले तथा कर्जा बिस्तार २०.२५ प्रतिशतले बढेको हो । बैंकले एक अर्ब १८ करोड रुपैयाँ नोक्सानी व्यवस्थापनमा राखेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा छ।

बैंकको कस्ट अफ फण्ड ४.६६ प्रतिशत, आधारदर ६.६ प्रतिशत छ । जसको खराब कर्जा १.४२ प्रतिशत छ ।

२१ अर्ब ६३ करोड चुक्तापूँजी रहेको बैंकको जगेडाकोषमा ८ अर्ब २० करोड तथा शेयरधनीकोषमा २ अर्ब ८५ करोड रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।