नेशनल लाइफको खुद बीमाशुल्क १२ अर्ब, खुद नाफामा सामान्य वृद्धि

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद बीमाशुल्क संकलन रकम र खुद नाफामा सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ३२.९५ प्रतिशतले बढेर १२ अर्ब ११ करोड ७३ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको यहि अवधिमा कम्पनीले ९ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । 

यस अवधिसम्मा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीको खुद मुनाफा २.५५ प्रतिशतले बढेर ४० करोड १२ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो ।

बीमाङ्कीय मूल्याङ्कन पछि उक्त नाफामा भने फेरबदल आउन सक्ने छ ।

कम्पनीको जीवन बीमा कोषको आकार २५.८१ प्रतिशतले बढेर ४२ अर्ब ४२ करोड ४२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ८३ पैसा छ । जगेडा कोषमा ८८ करोड २४ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको र प्रति शेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट दुई अर्ब ९२ करोड रुपैयाँ र पुनर्बीमा कमिशन आयबाट ३ करोड २६ लाख रुपैयाँ आम्दनी गरेको छ । कम्पनीले २४ हजार ८८८ वटा बीमा दाबी वापत ४ अर्ब १२ करोड रुपैयाँ कुल दाबी भुक्तानी गर्दा ७ करोड २० करोड रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।