उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

0
Shares

किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका हुन् ।

अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ लगायत विभिन्न ६ वटा किसान सङ्गठनले आफैँले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् ।

आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ ।

चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको उल्लेख गर्दै उनीहरूले उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीडादायक विषय भएको ठहर गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ भाद्र २०७८, आइतबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।