सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले प्रस्तावित नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने मिति (बुकक्लोज) तोकेको छ ।
फण्डले प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते बुधबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ १५ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र फण्डद्धारा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
सनराइज फर्स्टले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाइृधनीलाई ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
सनराइज फस्र्ट म्युचुअल फण्ड सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो । जसको व्यवस्थापन सनराइज क्यापिटल लिमिटेडले गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया