‘मेगा म्युचुअल फन्ड–१’ मा म्युचुअल फण्डमध्ये सबैभन्दा धेरै आवेदन परेको छ । योजनाका इकाईमा १ लाख ६३ हजार ६४६ वटा आवेदन परेको हो । जुन हालसम्मकै उच्च आवेदन संख्या हो ।
मेगा बैंकको सहायक कम्पनी मेगा क्यापिटलले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म प्रतिइकाइ मूल्य १० दरका कुल १० करोड इकाइ निष्कासन गरेको थियो ।
योजनाको इकाई खरीदका लागि १ लाख ६३ हजार ६४६ वटा आवेदन मार्फत मागभन्दा २३७ प्रतिशत धेरै अर्थात २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिदका लागि आवेदन परेको हो ।
बन्दमुखी प्रकृतिको यस योजनाको कुल निष्काशित इकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइमा सार्वजनिक निष्कासन गरिएको थियो ।
इकाई खरीदका लागि उच्च माग परेपछि योजनका आकार पनि २५ प्रतिशतले बढेर१ ऋर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाइ बाँडफाँड गर्नसक्ने प्रावधान रहेको छ ।
क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीप्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ । योजनाप्रति लगानीकर्ताबाट प्राप्त विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरीय सेवा प्रदान गर्न क्रियाशील रहने विश्वास दिलाउन चाहन्छौँ।’
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया