नेपाल इन्भेस्टर्स फोरमको नयाँ अध्यक्षमा तुल्सीराम ढकाल

0
Shares


नेपाल इन्भेस्टर्स फोरमको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले तुल्सीराम ढकाललाई अध्यक्ष चयन गरेको छ ।

सभाले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । फोरमको प्रथम उपाध्यक्षमा राजन लम्साल र अञ्जिब तुलाधरलाई उपाध्यक्ष चयन गरेको छ ।

यसैगरी १६ औं वार्षिक साधारण सभाले महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाललाई चयन गरेको छ । फोरमको कार्यसमिति सदस्यहरुमा अतीतलाल श्रेष्ठ, सिर्जना सुवेदी र अम्बिका शर्मा लामिछाने चयन भएका छन् ।

तत्कालीन अध्यक्ष अम्बिका पौडेलले पुस ११ गते व्यक्तिगत कारण देखाई राजीनमा दिएपछि फोरमको अध्यक्षमा २०७५ फागुन ६ गते बरिष्ठ उपाध्यक्ष छोटेलाल रौनियार नियुक्त भएका थिए । फोरमको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्दै बाँकी कार्यकालको रौनियारलाई अध्यक्ष पदको जिम्मेवारी दिने सवैसम्मत निर्णय गरेको थियो ।

नेपाल इन्भेस्टर्स फोरम शेयर बजारमा क्रियाशिल सबैभन्दा पूरानो र ठूला लगानीकर्ता सम्मिलित फोरमको रुपमा समेत परिचित रहेको छ । एउटै संस्थाले सबै लगानीकर्ताको आवाज मुखरित गर्न नसकेको भन्दै पछिल्लो समय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको आधा दर्जन समुह क्रियाशिल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ भाद्र २०७८, शनिबार  १९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।