साधना लघुवित्तले २५ प्रतिशत बोनस बाँड्ने

0
Shares

साधना लघुवित्त वित्तीय संस्था (SDLBSL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समिति बिहीबार सम्पन्न बैठकले चुक्ता पूँजीको २५ प्रतिशतले बोनस शेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार लघुवित्त  कम्पनीले ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र ३३ लाख ८१ हजार ३२१ रुपैयाँ ५ पैसा नगद लाभांश वितरण गर्नेछ ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ रहेको छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्रको दोस्रो बजारमा शेयरमूल्य प्रतिकित्ता १ हजार ८६१ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ भाद्र २०७८, शुक्रबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।