प्रि-ओपनिङ्गको कारोबार २३ लाखमा खुम्चियो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा कारोबार रकम २३ लाख ५७ हजार २५३ रुपैयाँमा खुम्चिएको छ । यसअघि ५० लाखदेखि एक करोडभन्दा बढीको कारोबार हुँदै आएकोमा मंगलबार कारोबार घटेको हो ।

मंगलबारको बजारमा नेप्से २.५३ अंकले बढेर २९५० दशमलव ३७ अंकमा पुगेको छ । कारोबारमा आएका १५ मध्ये ९ कम्पनीको मूल्य बढेको छ । चार कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीका स्थीर रहेको छ ।

यस अवधिमा १५ कम्पनीका ३ हजार ७८५ कित्ता शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।