
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर बनेको छ ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी मंगलबार चाँदीको मूल्य तोलाको १ हजार २०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । सुनचाँदीको कारोबार सोमबार पनि सोही मूल्यमा भएको थियो ।
सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया