घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र यूनिक नेपाल लघुवित्तबीच करिब एक वर्षअघि भएको मर्जर सम्झौताको छिनोफानो असोज १६ गते हुने भएको छ ।
दुई लघुवित्तबीच भएको मर्जरसम्झौता अनुमोदन तथा अन्तिम स्वीकृती र शेयर स्वाप रेसियो लगायतका प्रस्ताव पारित गर्न घोडीघोडा लघुवित्तले पहिलो विशेष साधारण सभा बोलाएको छ ।
होटल रुबस, बैयाबेहडी, धनगढी, कैलालीमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।
सभाले घोडीघोडा लघुवित्त र यूनिक नेपाल लघुवित्तबीच एक आपसमा भएको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिने, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयरलाई यूनिक नेपाल लघुवित्तबमे ५० शेयर आदान प्रदान अनुपातमा पारित गर्ने लगायतका मर्जरलाई सम्बन्धी भएगरेका सम्झौता अनुमोदन र अन्तिम स्वीकृती दिन प्रस्तावहरु विशेष साधारण सभामा रहेको छ ।
दुई लघुवित्तबीच मर्जर सम्झौतासँगै कम्पनीको शेयर कारोबार पनि २०७७ कात्तिक २३ गतेदेखि रोक्का रहेको छ । यसअनुसार २०७७ कार्तिक २० गते बिहीबारसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र उक्त विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया