कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

0
Shares

कृषि विकास बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । उक्त ऋणपत्र सञ्चालक समितिले भदौ २५ गते बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार प्रति ऋणपत्रका दरले ६० लाख कित्ताले हुन आउने ६ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याएको थियो । जसमध्ये रितपूर्वक परेका आवेदनहरुबाट माग भएको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट ऋणपत्र निष्कासन गरेको थियो ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरिएको जनाएको छ । बैंकको ७ वर्षे अवधिको कृषि ऋणपत्रको डिबेञ्चर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।