बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश प्रस्ताव सहित असोज २० गते छैठौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्ष ०७७।७८ को नाफाबाट चुक्ता पूँजी २१ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने कर समेत ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालू आर्थिक वर्ष ०७८र७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गनेछ ।
यस्तै सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने एजेण्डा राखिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया