प्रि-ओपनिङ्गमा सुस्तायो कारोबार

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलताको हाहाकार भएपछि त्यसको प्रतक्ष्य असर धितोपत्र बजारमा परेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा ३४ लाख ८८ हजार १८१ रुपैयाँको मात्र खरीद बिक्री भएका छन् । यसअघि करोडभन्दा धेरै कारोबार हुँदै आएकोमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा कडाईसँगै बजार सुस्ताउन थालेको थियो ।

आज नेप्से ०.१७ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८८९ दशमलव २१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३९ कम्पनीका ६ हजार ९०६ कित्ता शेयर १०४ वटा संख्यामा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।