ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

0
Shares

ग्लोबल आइएमई बैंक (GBIME) को ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँका दरले जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

सूचीकृत भएसँगै आइतबारदेखि लगानीकर्ताले उक्त ऋणपत्र खरीद बिक्री गर्न सक्नेछन् । नेप्से र कम्पनीबीच बिहीबार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै आइबारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ ।

बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६÷८७ नामक ऋणपत्र जारी गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  १४ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।