विद्युत प्राधिकरणले पोलको भाडा नघटाएपछि आइस्पानले ३०० रुपैयाँसम्म बढायो इन्टरनेटको भाउ

0
Shares

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले इन्टरनेटको भाउ बढाउने निर्णय गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले बढेको पोल भाडा नघटाउने भएपछि इन्टरनेट सेवा प्रदायक संस्थाले इन्टरनेटको भाउ बढाउने निर्णय गरेका हुन् ।

शहरी क्षेत्रमा १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म भाउ बढाउने निर्णय गरेको आइस्पानले जानकारी दिएको छ ।

इन्टरनेटको मूल्य बढाउने निर्णय गरी स्वीकृतिका लागि नेपाल विद्युत प्राधिकरणमा पेश गरेको संघले बताएको छ । प्राधिकरणबाट औपचारिक रुपमा स्वीकृत प्राप्त भएपछि मात्रै नयाँ भाउ लागू हुने समेत संघले जानकारी दिएको छ ।

असोज १५ पछि सम्झौता बिना नै आफ्नो पोलमा झुन्ड्याईएका तार तथा उपकरणहरु हटाउने विद्युत प्राधिकरणको निर्णयसँगै इन्टरनेट सेवा प्रदायक संस्था इन्टरनेटको भाउ बढाउने निर्णयमा पुगेका हुन् । विद्युत प्राधिकरणले पोलको भाडा ५ सय प्रतिशतसम्म बढाएपछि इन्टरनेट सेवा प्रदायकहरु शुल्क बढाउन बाध्य भएको आयस्पानको तर्क छ ।

इन्टरनेटमा मूल्यवृद्धि गर्ने निर्णय नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति दिए मात्रै मूल्यवृद्धि कार्यान्वयनमा आउने छ । आइस्पानले बढाएको मूल्य वृद्धिको स्वीकृतिका लागि नियामक निकाय प्राधिकरणमा पठाएको छ । प्रस्तावित मूल्यवृद्धि स्वीकृत भए ग्राहकहरुले नवीकरणको बेलादेखि नयाँ दर तिर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहिबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।