सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घट्यो, चाँदी पनि ३० रुपैयाँले सस्तियो

0
Shares

असोज महिना लागेसँगै सुनको भाउ नेपाली बजारमा शुक्रबार एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । बिहीबार ७०० रुपैयाँले घटेर कारोबार भएको सुनको मूल्य बुधबार थप घटेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन ८९ हजार १०० रुपैयाँ र तेजावी सुन ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।

बिहीबार तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजावी सुन ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता शुक्रबार चाँदीको भाउ ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयााँमा कारोबार भैरहेको छ । पछिल्लो ३ दिनदेखि लगातार स्थिर रहेको चाँदीको भाउ शुक्रबार घटेर कारोबार भैरहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।