दशैंमा सांग्रिलाको उपहार, मुद्दती आकर्षक ब्याजदर

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ ।

बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।

दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको छ । यसको अर्थ सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्दती खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् ।

यसका साथै बैंकले संस्थागत मुद्दती पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार  १९ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।