दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ

0
Shares

नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था छ ।सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने जानकारी दिए। सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने उनले बताए ।नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ । केन्द्रिय बैंकले यहि असोज ४ गतेबाट नयाँ नोट साट्ने व्यवस्था समेत गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ । काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत नयाँ नोट सटही सुविधा दिइने भएको छ । उपत्यका बाहिरका लागि भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने जनाइएको छ ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।

यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ । दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

राष्ट्र बैंकले यसपालि पनि ५० अर्ब बढीका नयाँ नोट सटहीका लागि व्यवस्था गरिसकेको छ । दशैंमा नयाँ नोटको वितरणसँगै चलनचल्तीको मुद्रामा करिब दुई खर्बले वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्षको यसै अवधिसम्म ५ अर्ब ३१ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका थिए । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । बजारमा नोटको माग बढेअनुसार यस्तो खर्च पनि बर्षेनी बढ्ने गरेको राष्ट्र बैंकको भनाई छ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।