एशियन लाइफको ‘सुनिश्चित आय जीवन बीमा’ योजना सार्वजनिक

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले ग्राहकको रुचीलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” सार्वजनिक गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमका बीच कम्पनीको प्रधान कार्यालयमा उक्त योजनालाई सार्वजनिक गरेको हो ।

परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले उक्त बीमा योजना संचालनमा ल्याएकोे जनाएको छ ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ , स्थायी अपाङ्ग/ अशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएता पनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँदेखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थिति थियो ।

चुक्ता पुँजी २ अर्ब रुपैयाँ भन्दा माथि रहेको कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोड रुपैयाँ भन्दा बढी रहेको छ । कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रीमा ल्याईसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।