नेपाल प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा गएराति उक्त रकम सहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो ।
सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञाप्तिमा जनाइएको छ ।
चितवनबाट काठमाडौँ आउदै गरेको ग १ ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया