नेपाल धितोपत्र बोर्डका तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएर निलम्बित भएपछि धितोपत्र बोर्डको काम समेत प्रभावित बनेको छ ।
यतिबेला विभिन्न ६ कम्पनीहरुले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनका लागि अनुमति कुरेर बसिरहेका छन् ।
यसरी हकप्रदको अनुमतिको पर्खाइमा यतिबेला शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेका छन् । यी ६ कम्पनीहरुले १ अर्ब ७८ करोड ४० लाख ९८ हजार ४०० मूल्यको १ करोड ७८ लाख ४० हजार ९८४ कित्ता शेयर निष्काशनको लागि अनुमति मागेका छन् ।
अर्थमन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि बोर्डका प्रवक्ता समेत रहेका निरज गिरीलाई निमित्तको जिम्मेवारी दिएको छ । गिरीलाई दैनिक प्रशासनिक काय सञ्चालनका लागि मात्र जिम्मेवारी दिएकाले साधारण शेयर (आईपीओ) र हकप्रद समबन्धी कुनै पनि निर्णय हुन सकेको छैन । जसका कारण ६ कम्पनीको हकप्रद शेयर निष्कासन तथा स्वीकृति सेबोनको पाइपलाइनमा रहेका छन् ।
कसको कति आउँदैछ हकप्रद ?
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेकोमध्ये शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले ३० प्रतितश, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १५० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत, आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड ४० प्रतिशत र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको ५० प्रतिशत रहेको छ ।
| क्र.सं. |
कम्पनी |
हकप्रद अनुपात |
कित्ता |
बिक्री प्रबन्धक |
निवेदन मिति |
| १. |
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड |
१०ः३ |
५२ लाख ७५ हजार ५७२ कित्ता |
एनआईबिएल एस क्यापिटल लिमिटेड |
२०७८ जेठ २५ गते |
| २. |
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड |
१ः१.५० |
३० लाख कित्ता |
सिभिल क्यापिटल लिमिटेड |
२०७७ पुस २६ गते |
| ३. |
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड |
१०ः३ |
८ लाख ९३ हजार २५ कित्ता |
ग्लोबल आइएमई क्यापिटल लिमिटेड |
२०७८ वैशाख १५ गते |
| ४. |
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड |
१ः१ |
१३ लाख १२ हजार ३३८ कित्ता |
ग्लोबल आइएमई क्यापिटल लिमिटेड |
२०७८ असार ४ गते |
| ५. |
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड |
१०ः४ |
४६ लाख ३० हजार ३४४ कित्ता |
ग्लोबल आइएमई क्यापिटल लिमिटेड |
२०७८ भदौ १७ गते |
| ६. |
समृद्धि फाइनान्स कम्पनी लिमिटेड |
२ः१ |
२७ लाख २९ हजार ७०५ कित्ता |
बिओके क्यापिटल मार्केट लिमिटेड |
२०७८ साउन १५ गते |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया