नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका दुई सामुहिक लगानी कोष योजना नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड -२ को इकाईमूल्य समायोजन भएको छ ।
दुबै फण्डले गत आवको नाफाबाट प्रस्तावित नगद लभांश (प्रतिफल) को बुकक्लोजपछि असोज ११ गते सोमबार मूल्य समायेजन गरिएको हो ।
नेप्सेका अनुसार नबिल इक्विटी फण्डको ४० प्रतिशत नगद लाभांश समायोजनपछि प्रतिइकाई मूल्य ११.५४ रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्डको ३५ प्रतिशत नगद लाभांश समायोजनपछि प्रतिइकाई मूल्य ११.०४ रुपैयाँ निर्धारण भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार समायोजित मुल्यलाई आधार मानेर नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको इकाई कारोबार खुलेको हो ।
दुबै फण्डहरुको कोष प्रबद्र्धक नबिल बैंक लिमिटेडर योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया