कुमारी बैंकको लाभांश घोषणा

0
Shares

कुमारी बैंक (KBL) ले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.६७ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज ११ गते सोमबार दिउँसो सम्पन्न बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने बैंकले १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आवबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।