बुधबार सुनको मूल्य घट्यो, चाँदी स्थीर

0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको १०० रुपैयाँले घटेको हो । बुधबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर बनेको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ ८८ हजार ४५० रुपैयाँ र चाँदीको भाउ १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी सुन ८८ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७८, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।