बुधबार यी दश कम्पनीका लगानीकर्ता भए मालामाल, कुन कम्पनीको शेयर लगानीकर्ता भए निराश ?

0
Shares

पछिल्लो तीन दिनमा २०४ अंकले नेप्से घटेपछि निराश भएका लगानीकर्ताहरुले बुधबार एकैदिन ५०.५८ अंकले नेप्से बढेपछि राहत सहशुस गरेका छन् ।

नेप्सेमा कारोबारमा आएका सबै उपसमुहगत सूचक बढेर हरियाली छाउँदा २ कम्पनीके शेयरमूल्यमा सकारात्मकसर्किट लागेको छ भने अन्य ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने दुई कम्पनीको मूल्य पनि करिब ९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३५.४० रुपैयाँले बढेर ३८९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । यस्तै अपि पावर कम्पनीको शेयर मूल्य पनि १० प्रतिशत अर्थात ४१.८० रुपैयाँले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । अपि पावर बुधबार सर्वाधिक रकमको शेयर कारोबार हुने कम्पनी समेत बनेको छ ।

यसैगरी मनकामना स्मार्ट लघुवित्तको ९.९३ प्रतिशत अर्थात प्रतिकित्ता १७४ रुपैयाँले बढेर १ हजार ९२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनाइटेड इदि मर्दि आरबि हाइड्रोपावरको ९.६४ प्रतिशत अर्थात ४८.९० रुपैयाँले बढेर ५५६ रुपैयाँ पुगेको छ ।

कालिका पावर कम्पनीको मूल्य प्रतिकित्ता ४८ रुरुपैयाँ अर्थात ९.५० प्रतिशतले बढेर ५५३ रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्य पनि ३७.५० रुपैयाँ अर्थात ९।४९ प्रतिशतले बढेर ४३२ रुपैयाँ ५० पैसा पुगेको छ । ।

त्यसैगरी, आज कालिका काइक्रो क्रेडिट लघुवित्त वित्तीय संस्थाको मूल्य ९.२१ प्रतिशत अर्थात १०१.८० रुपैयाँले बढेर १ हजार २०६ रुपैया ८० पैसामा अन्तिम कारोबार भएको छ । छ्याङदी हाइड्रोपावरको मूल्य प्रतिशेयर ४४.२० रुपैयाँ अर्थात ९.२१ प्रतिशतले बढेर ५२४ रुपैयाँ २० पैसा पुगेको छ ।

यसैगरी बुधबार जोशी हाइड्रोपावरको शेयरमूल्य ८.६४ प्रतिशत अर्थात २६ रुपैयाँले बढेर ३२७ रुपैयाँमा अन्ति कारोबार हुँदा गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य पनि १९ रुपैयाँ १० पैसा पुगेको छ । बुधबार फाइनान्सको मूल्य ८.३७ प्रतिशत अर्थात ४०.१० रुपैयाँले बढेर अन्तिम कारोबार भएको छ ।

यसदिन उच्च अंकले नेप्से बढेपनि केही कम्पनीका लगानीकर्ताहरु भने आफुले लगानी गरेको कम्पनीको मुल्य घटेर निराश भएका छन् । नेप्सेका अनुसार बुधबार मेगा बैंकको लगानीकर्ता सबैभन्दा धेरै निराश बनेका हुन् ।

बैंकको शेयरमूल्य सर्वाधिक ३.९२ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर ३४२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्राइम कमर्सियल बैंक डिबेञ्चर २०८५ को मूल्य ३८.९० रुपैयाँ अर्थात ३.८९ प्रतिशत घटेर ९६१.१० रुपैयाँमा झरेको छ ।

यसदिन युनिलिभर नेपाल लिमिटेडको मूल्य पनि ३.०९ प्रतिशत अर्थात ५९९ रुपैयाँ घटेको छ । यससँगै कम्पनीको मूल्य १८ हजार ८०० रुपैयाँमा झरेको छ । कृषि विकास बैंक डिबेञ्चर २०८३ को २ प्रतिशत र एनआईसी एशिया बैंक डिबेञ्चर २०८२।८३ को मूल्य १.७९ प्रतिशतले घटेको छ ।

यस्तै गोर्खाज फाइनान्सको मूल्य प्रतिकित्ता १५.८० रुपैयाँ अर्थात १.७१ प्रतिशतले घटेर कारोबार भएको छ । मिथिला लघुवित्तको शेयरमा लगानी गरेकाले पनि आजको बजारबाट २७.९० रुपैयाँ अर्थात १.७० प्रतिशतका दरले गुमाएका छन् । लघुवित्तको मूल्य १ हजार ६१७ रुपैयाँमा झरेको छ । कुमारी बैंकको मूल्य ५ रुपैयाँ अर्थात १.६५ प्रतिशत घटेर २९८ रुपैयाँमा झरेको छ ।

नेप्सेमा अनुसार बुधबार एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य १.५७ प्रतिशत र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य १.४५ प्रतिशतले घटेको छ । बुधबार एनआईसी एशिया ग्रोथ फण्डको इकाई ११.२५ रुपैयाँ र एनआईबिएल समृद्धि फण्ड १ को इकाई ११.५६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७८, बुधबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।