कोका-कोलाको बोतलमा ‘धन्यवाद’ लेबल, ब्राण्ड एम्बेसडर स्वस्तिमा

0
Shares

 

कोका-कोलाले यस वर्षको दशैँलाई केन्द्रित गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्ता माझ पठाउने भएको छ।

कोका(कोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दशैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोका-कोला बजारमा ल्याइएको जानकारी दिएको हो।

यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ।

कोका-कोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए।

उनले यसपालिको दशैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गरेका परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोका-कोलाले प्रेरित गरेको पनि उल्लेख गरे।

कोका-कोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।