यमाहाको एमटी १५ बीएस ६ भर्सन सार्वजनिक, कति पर्छ मूल्य ?

0
Shares

यूवाहरुमाझ लोकप्रिय बन्दै गइरहेको दुई पांग्रे मोटरसाइल ब्राण्ड यमाहाको बहुप्रतीक्षित मोटरसाइकल एमटी १५ बीएस ६ भर्सन सार्वजनिक भएको छ ।

राजधानीको भृकुटीमण्डपमा जारी महा एक्सचेन्ज मेलामा नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो । एमटी १५ बीएस ६ चार कलरमा आउने भएको छ । एमटी १५ ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध रहेको छ ।

एमटी १५ बीएस ६ खरिद गर्ने ग्राहकले २० हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् । बाइकको खरिदमा हेल्मेट, ज्याकेट, स्कीड प्लेट, ट्याङ्क प्याड, यूएसबी चार्जर तथा सिट कभर निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ कायम गरेको छ । कम्पनीले सो कार्यक्रममा प्रिबुकिङ गरिएका १८० मोटरसाइकल वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।