आत्मनिर्भर बन्न महिला उद्यमीहरुले पनि कर्म क्षेत्रमा लाग्नुपर्छः चेम्बर अध्यक्ष मल्ल

0
Shares

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।

कमलपोखरी स्थित सिटी सेन्टरमा असोज १३ गते बुधवारदेखि सुरु भएको दशैं र तिहार व्यापार मेला २०२१ प्रदर्शनीको समुद्घाटन गर्दै अध्यक्ष मल्लले स्थानिय उत्पादनलाई बढावा दिँदै जानुपर्ने उनले बताए ।

उनले कोभिड १९ को सक्रमणवाट डराएर बस्ने हैन महामारी संगै लड्दै व्यापार व्यवसायको प्रवद्र्धन गर्नुपर्ने अवस्था रहेको समेत बताए ।

नेपाल महिला चेम्बरको तत्वावधानमा आयोजित दशैं, तिहार उपभोतmा व्यापार मेलाको अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमिहरुको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशतिmकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

उनले कोभिड १९ ले थला परेको अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै साना उद्यमी व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने जनाएकी छिन् ।

नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनको लागि बुधबारदेखि राजधानीस्थित सिटी सेन्टर कमलपोखरीमा व्यापार मेला शुरु भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।