सीवाईसी नेपालले चार करोडको आईपीओ निष्काशन गर्ने, माग्यो अनुमति

0
Shares

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

साधारण शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गर्दै असोज ११ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल चयन भईसकेको छ ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाले म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई प्राप्ति गरेको छ ।

कम्पनीको चुक्ता पूँजी १२ करोड १६ लाख रहेको छ । कम्पनीले देशका विभिन्न ३८ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।