कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ ।
यस्तै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने क्यापिटलको अपेक्षा छ ।
क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागू समेत गरेको छ ।
जस अन्तर्गत कुमारी क्यापिटलमा नेपाल सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निः शुल्क हितग्राहीखाता खोल्न सकिनेछ ।
यस्तो खाता क्यापिटलको वेवसाइट बाट अनलाईन मार्फत नै खोल्नका लागि निवेदन दिन सकिनेछ । यस्तै कुमारी बैंक लिमिटेडका सम्पुर्ण शाखा कार्यालयहरु र कुमारी क्यापिटल लिमिटेड बाट खाता खोल्न सकिनेछ ।
यस्तै क्यापिटलले निःशुल्क लगानी परामर्श दिने, खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा बार्षिक शुल्कमा २५ प्रतिशत छुट तथा आफुसँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने क्यापिटलले जनाएको छ ।
यसैगरी आफुसँग भएको पोर्टफोलियो लाई निःशुल्क रिस्टक्म्चरिङ्ग र रिब्यालेन्सिङ्ग सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ । खाता सम्बन्धि समस्याहरु परेमा ग्राहकहरुले क्यापिटलको हट लाईन नम्बर ०१५९७००८२ मा फोन गरि समस्याको यथाशीघ्र निराकरण गरिने क्यापिटलको भनाई छ ।
कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ ।
आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत अनुरोध गरेको छ । यस योजना सीमित अवधिको लागि मात्र रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया