सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ बजारभाउ

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेकोमा सोमबार भने मूल्य स्थीर रहेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको छ ।

आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।