नयाँ सारथी लघुवित्तको एफपीओ प्रतिकित्ता ११६ रुपैयाँमा बिक्रीमा आउने

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको थप नयाँ साधारण शेयर (एफपीओ) प्रतिकित्ता ११६ रुपैयाँका दरले निष्काशन हुने भएको छ ।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार साधारण शेयर अनुपात चुक्ता पूँजीको ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्ने प्रकृया अगाडि बढाएको थियो ।

नयाँ सारथी लघुवित्तले एफपीओ जारी गर्न भदौ ९ गते नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँका दरमा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्न अनुमति मागेको छ ।

यसअनुसार लघुवित्त कम्पनीले ३ करोड ८२ लाख ३९ हजार २८४ रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

एफपीओ निष्काशनका लागि लघुवित्तले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।