प्रभु क्यापिटलको डबल धमाका अफर सार्वजनिक

0
Shares

प्रभु क्यापिटलले २०७८ सालको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलको डबल धमाका अफर सार्वजकिन गरेको छ ।

प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै उक्त योजना अगाडि सारेको हो । योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गतेसम्म तोकिएको छ ।

योजना अन्तर्गत प्रभु क्यापिटलमा ग्राहकले दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सक्नेछन् । यसका साथै योजना अवधिभरमा खाता खोल्ने ग्राहकले निःशुल्क शेयर बजार सम्बन्धी तालिम पाउनेछन् ।

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रभु क्यापिटलले प्रत्येक साताको शनिबार साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ ।  जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ ।

रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।

दैनिक विजेताहरुको सूची १ दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटी मार्फत सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।