घटस्थापनाको भोलिपल्टबाट २ हजार खसीबोका बिक्री गर्दै खाद्य कम्पनी

0
Shares

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनाको भोलिपल्टबाट उपत्यकामा खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले असोज २२ गते शुक्रबारबाट २ हजार खसीबोका बिक्री गर्ने भएको हो ।

कम्पनीले अघिल्ला वर्षहरुमा खसीबोका मात्र नभइ च्याङ्ग्रा पनि आयात तथा बिक्री गर्ने गरेको थियो । तर यस वर्ष च्याङ्ग्राको मूल्य उच्च भएपछि मुस्ताङबाट ल्याउने भनिएको १ हजार वटा च्याङ्ग्रा नल्याउने भएको कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुबेदीका अनुसार उक्त खसीबोका तुलसीपूरबाट ८०० र हेटौंडाबाट १ हजार २०० गरी जम्मा २ हजार वटा ल्याइने छ । खसीबोका आयातका लागि ३ करोड २० लाख रुपैयाँ छुट्याइएको छ ।

कम्पनीले गत वर्ष पनि ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बराबरको १ हजार ४०० च्यांग्रा र १ हजार ६०० वटा खसीबोका खरिद गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।