नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको र गत आवबाट सबैभन्दा धेरै प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको यूनिलिभर नेपाल लिमिटेड (UNL) ले साधारण सभा बोलाएको छ ।
कम्पनीले कात्तिक ११ गते दिउँसो ३ः४५ बजे भर्चुअल माध्यम ( भिडियो कन्फरेन्स) बाट २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभाले गत आवबाट सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने, प्रबन्ध निर्देशकको पारिश्रमिकबारे जानकारी गराउने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण, आव २०७७/७८ को नाफा नोक्सान, वासलात नगद प्रवाह विवरण, सञ्चालक समिति तथा लेखापरीक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पनि साधारण सभामा रहेका छन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने निाार्णय गरेको छ । यसअनुसार असोज २४ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र कम्पनीको २८ ओं वार्षिक साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछ ।
यूनिलिभर नेपाल लिमिटेड नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको कम्पनीको हो । कम्पनीको प्रतिशेयरमूल्य मंगलबार १९ हजार रहेको छ भने कम्पनीले वितरण गर्न लागको लाभांश (प्रतिशेयर ६५०) पनि सूचीकृत कम्पनीले बाँडेको सबैभन्दा उच्च लाभांश हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया