जलश्रोत तथा सिँचाई विकास डिभिजनमा कार्यरत सव–इन्जिनियर घुस सहित नियन्त्रणमा

0
Shares


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाई विकास डिभिजनमा कार्यरत सव–इन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगले बसुन्धरा, काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।

के.सी.ले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस माग गरेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट गएको टोलीले के.सी.लाई सेवाग्राहीबाट २ रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।